जनकपुरधाम, ११ असोज । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । नेकपा एमालेले बिहीबार असोज २४ र २५ गते हुने अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रूपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।
एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखिएको छ ।