Samajik Feed – News Portal from Nepal

सर्लाही, ११ असोज । सर्लाहीमा जलाउनका लागि तयारी अवस्थामा राखिएको एक युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार रामनगर गाउँपालिकामा–१ को मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणमा लिएको हो ।

मनिषाको मृत्यु घटना शंकास्पद देखिएपछि बुधबार मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको छ । परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका थिए । तर प्रहरीका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ ।

घटना शंकास्पद देखिएपछि प्रहरीले घाटबाटै मनिषाका पतिसहित परिवारका तीन जना सदस्यलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनिषाका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेका छन् । प्रहरी घाटमा पुगेपछि केही मलामी भने भागेका थिए । संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *