Samajik Feed – News Portal from Nepal

मोरङ, ९ असोज । मोरङको कटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा–१ का ३७ वर्षीय चन्द्रमणि अधिकारीको मृत्यु भएको हो ।

विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले जनाएका छन् ।

मृतक अधिकारी सोराभाग इलकन हुलाकका कर्मचारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *