Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १२ असोज । सुनसरीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नायव सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई पक्राउ गरेको हो ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको छ ।

इनरुवा नगरपालिका–३ स्थित मालपोत चोकबाट पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *