काठमाडौँ, ९ असोज । १९ औँ एशियाली खेलकुद प्रतियोगितामा आयोजक चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ ।
चीनले हालसम्म ४९ स्वर्णसहित कुल ८८ पदक जितेको छ । त्यस्तै २६ रजत र १३ वटा कांस्य पदक पनि हात पारेको छ । पदक तालिकामा दक्षिण कोरिया दोस्रो स्थानमा छ ।
दक्षिण कोरियाले हालसम्म १३ स्वर्ण, १३ रजत र १९ कांस्यसहित कुल ४५ पदक जितेको छ । त्यसैगरी जापान तेस्रो स्थानमा छ । जापानले हालसम्म सात स्वर्ण, १९ रजत र १४ कांस्यसहित कुल ४० पदक जितेको छ । उज्बेकिस्तान पाँच स्वर्णसहित कुल २१ पदक जित्दै चौथो स्थानमा छ । उज्बेकिस्तानले ६ रजत र १० वटा कांस्य पदक पनि जितेको छ । पाँच स्वर्णसहित कुल १८ पदक जित्दै हङ्कङ् पाँचौँ स्थानमा छ ।
हङ्कङले चार रजत र नौवटा कांस्य पदक पनि हात पारेको छ । तीन स्वर्ण, तीन रजत र ६ कांस्य जित्दै भारत छैठौँ तथा तीन स्वर्ण, एक रजत र पाँच कांस्य जित्दै इन्डोनेसिया सातौँ स्थानमा छन् ।