Samajik Feed – News Portal from Nepal

पर्सा, १२ असोज । वीरगन्जस्थित बाल सुधार गृहबाट दुई किशोर फरार भएका छन् ।

कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परेर बाल सुधार गृह ल्याइएका दुई जना वीरगञ्ज महानगरपालिका-४ विर्तास्थित बाल सुधार गृहबाट फरार भएका हुन् ।

उनीहरूले बिहीबार राति दुई बजेतिर छतमाथिको तारजाली काटेर फरार भएको प्रहरीले जनाएको छ । काँडे तार काटेर उनीहरू बाल सुधार केन्द्रसँग टाँसिएको घरमाथिबाट हामफालेर फरार भएका छन् ।

उनीहरु कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परेर बाल सुधार गृह ल्याइएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *