राैतहटको चन्द्रपुरका तत्कालीन मेयर चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १६ कार्तिक । राैतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर रामचन्द्र चौधरीसहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चन्द्रनगर नगरपालिकाका तत्कालीन मेयर चाैधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, लेखा अधिकृत एवम् राजस्व शाखा प्रमुख कीर्तिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर […]
राउतले भने– जनता डुब्न लाग्दा नेता र कर्मचारी मात्र सुरक्षित

काठमाडौँ, १६ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता डुब्न लाग्दा नेता र कर्मचारी मात्र सुरक्षित रहेको बताएका छन् । बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिनको प्रतिनिधिसभामा अध्यक्ष राउतले देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको टिप्पणी गरेका हुन् । उनले संसदको सार्वभौमसत्ता जनप्रतिनिधिहरूमा नभई प्रमुख तीन पार्टीका […]
राष्ट्रपतिद्वारा आममाफी पाएका रिगललाई पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिए पनि त्यसलाई उल्ट्याउँदै कैद मिनाहा गर्ने निर्णय सर्वोच्चले बदर गरिदिएको छ । नेपालगञ्जमा […]
छात्रा रजीना बनिन् एक घण्टाका लागि मधेशकी शिक्षामन्त्री

जनकपुरधाम, १५ कार्तिक । मधेश प्रदेशमा एक छात्रालाई एक घण्टाका लागि शिक्षा मन्त्री बनाइएको छ । बुधबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित एक विद्यालयको कक्षा ९ मा अध्यनरत १८ वर्षीय रजीना खातुनलाई एक घण्टाका लागि मधेश शिक्षामन्त्री बनाइएको हो । प्लान इन्टरनेशनलको गर्ल्स टेक अभर कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा शिक्षा मन्त्रालय मधेश प्रदेशको समन्वयमा खातुनलाई शिक्षामन्त्री […]
प्रधानाध्यापक सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक

काठमाडौँ, १५ कात्तिक । बाराको कलैयास्थित एक निजी विद्यालयका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । कलैयास्थित बाल एकता बोडिङ्ग स्कूलका सञ्चालक सर्राफको हत्यामा संलग्न आठ जनामध्ये पाँच जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । प्रहरीले कलैया–२ की २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, […]
गाजासँग जोडिएको रफाह बोर्डर पहिलोपटक खुल्ला गरियो

एजेन्सी । प्लेस्टाइनको गाजासँग जोडिएको इजिप्टको रफाह सीमा पहिलो पटक खुल्ला गरिएको छ । अक्टोबर ७ यता पहिलोपटक गाजाबाट रफाह सीमा नाका खोलिएको हो । रफाह क्रसिङबाट सीमित संख्यामा मानिसहरूलाई गाजाबाट इजिप्ट प्रवेश गर्न अनुमति दिइएको छ । कतारको मध्यस्थतामा भएको सम्झौतामा विदेशी नागरिक, दोहोरो राहदानी धारक र केही गम्भीर घाइतेहरूलाई इजिप्टका अधिकारीहरूले अनुमति दिने […]
गाजाको शरणार्थी शिविरमा आक्रमण, कम्तिमा ५० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको जनाएका हुन् । इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तिमा ५० […]
यूएनका महासचिव गुटेरेस नेपालको भ्रमण पूरा गरी फर्किए

काठमाडौँ, १५ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमण पूरा गरी फर्किएका छन् । बुधबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुटेरेसको बिदाइ गरेका छन् । यस अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत पनि अर्पण […]
टी–२० विश्वकप एसिया छनोट: नेपाल समिफाइनलमा प्रवेश

काठमाडाैँ, १४ कार्तिक । नेपाल आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । […]
गुटेरेसले भने– ‘विश्वमा शान्ति स्थापनाका लागि नेपालको भूमिका महत्वपूर्ण’

काठमाडाैँ, १४ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा शान्ति स्थापनाका लागि नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सैनिक र प्रहरी खटाएर नेपालले पनि विश्वमा शान्ति स्थापनाका लागि महत्त्वपूर्ण योगदान गरेको बताएका हुन् । उनले शान्ति […]