Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १४ कार्तिक । नेपाल आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

यता, ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । ओमानको नेटरनरेट १.३५० र नेपालको १.३२२ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *