एजेन्सी । प्लेस्टाइनको गाजासँग जोडिएको इजिप्टको रफाह सीमा पहिलो पटक खुल्ला गरिएको छ । अक्टोबर ७ यता पहिलोपटक गाजाबाट रफाह सीमा नाका खोलिएको हो । रफाह क्रसिङबाट सीमित संख्यामा मानिसहरूलाई गाजाबाट इजिप्ट प्रवेश गर्न अनुमति दिइएको छ ।
कतारको मध्यस्थतामा भएको सम्झौतामा विदेशी नागरिक, दोहोरो राहदानी धारक र केही गम्भीर घाइतेहरूलाई इजिप्टका अधिकारीहरूले अनुमति दिने अपेक्षा गरिएको छ। दर्जनौँ घाइते प्यालेस्टिनीहरूलाई बुधबार रफाह क्रसिङ हुँदै इजिप्टका अस्पतालहरूमा उपचारका अनुमति दिइने गाजाको सीमा एजेन्सीले जनाएको छ ।
रफाह सीमा क्रसिङ क्षेत्रमा एम्बुलेन्सहरूको लामो लाइन देखिएको छ भने इजिप्टले सबैभन्दा गम्भीर घाइतेलाई ल्याउने बताएको छ। अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तिमा ८,५२५ प्यालेस्टाइनी मारिएका छन् । इजरायलमा १४०० भन्दा बढी मानिस मारिएका छन् ।