Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिए पनि त्यसलाई उल्ट्याउँदै कैद मिनाहा गर्ने निर्णय सर्वोच्चले बदर गरिदिएको छ । नेपालगञ्जमा २०७२ साल असार २८ गते खुँडा प्रहार गरी मानन्धरको हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *