Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १६ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता डुब्न लाग्दा नेता र कर्मचारी मात्र सुरक्षित रहेको बताएका छन् ।

बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिनको प्रतिनिधिसभामा अध्यक्ष राउतले देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको टिप्पणी गरेका हुन् । उनले संसदको सार्वभौमसत्ता जनप्रतिनिधिहरूमा नभई प्रमुख तीन पार्टीका तीन नेताको हातमा रहेको पनि आरोप लगाए ।

उनले नेपाल टाइटानिक जहाज डुबेजस्तै डुबिराखेको पनि प्रतिक्रिया दिएका छन् । अध्यक्ष राउतले आरती साह प्रकरणको विषय संसदमा निरन्तर उठेको तर सुनुवाइ नभएको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *