Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १५ कार्तिक । मधेश प्रदेशमा एक छात्रालाई एक घण्टाका लागि शिक्षा मन्त्री बनाइएको छ । बुधबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित एक विद्यालयको कक्षा ९ मा अध्यनरत १८ वर्षीय रजीना खातुनलाई एक घण्टाका लागि मधेश शिक्षामन्त्री बनाइएको हो ।

प्लान इन्टरनेशनलको गर्ल्स टेक अभर कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा शिक्षा मन्त्रालय मधेश प्रदेशको समन्वयमा खातुनलाई शिक्षामन्त्री महेशप्रसाद यादवले १ घण्टाका लागि मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरिदिएका थिए । त्यस क्रममा विभिन्न पालिकाबाट आएका सामुदायिक विद्यालयका छात्राहरूले आ–आफ्नो विद्यालयका समस्याहरूबारे मन्त्रीलाई अवगत् गराएका थिए ।

मन्त्री यादवले खातुनलाई केहीबेरका लागि भए पनि मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरी छात्राहरूलाई मन्त्रालयबारे जानकारी दिन पाउँदा खुशी महसुस गरेको बताए । मन्त्री यादवले छात्राहरूका गुनासा सम्बोधनका लागि स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने पनि प्रतिबद्धता जनाएका थिए । यस्तो कार्यक्रमले छात्रछात्राको व्यक्तित्व विकासमा सहयोग पुग्ने प्लान इन्टरनेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *