Samajik Feed – News Portal from Nepal

निजगढ विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडाैँ, २३ कार्तिक । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । विज्ञ समूहले गत वर्ष […]

सुनसरी मालपोतका दुई कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २३ कार्तिक । सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो । जग्गा नामसारी गरेवापत् सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार इटहरी कार्यालयबाट […]

आरती परिवारको धर्नामा आजपाको ऐक्यबद्धता

काठमाडाैँ, २२ कार्तिक । आरती साहको परिवारले गर्दै आएको आन्दोलनमा आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार पार्टी अध्यक्ष प्रभु साहसहित नेता तथा कार्यकर्ता माइतीघर मण्डला पुगेर ऐक्यबद्धता जनाएका हुन् । त्यस क्रमममा अध्यक्ष साहले पीडित परिवारले १ सय ४६ दिनसम्म धर्ना बस्दा पनि न्याय नपाउनु दुर्भाग्य भएको बताएका छन् । राज्यले पीडित परिवारको […]

‘अश्लिल’ अभिव्यक्ति दिएका नीतीशले मागे माफी

भारत । विहार विधानसभामा ‘अश्लिल’ अभिव्यक्ति दिएका मुख्यमन्त्री नीतीशकुमारले माफी मागेका छन् । नीतीशले मंगलवारको राज्य विधानसभामा भाषणका क्रममा जनसंख्या नियन्त्रण प्रक्रियामा महिलाहरूको भूमिकाको विषयमा ‘अश्लील’ अभिव्यक्ति दिएका थिए । महिलाहरूको शिक्षाले जनसंख्या नियन्त्रणमा पुर्‍याउने सहयोगको सन्दर्भमा भाषण गर्दा उनले बिहेपछि महिला र पुरुषबीच हुने याैन सम्बन्ध र सन्तान उत्पादन प्रक्रियालाई संयमता नै नअपनाई अश्लिल […]

हनी सिंह र सालिनी तलवारबीच सम्बन्ध विच्छेद

एजेन्सी, २२ कार्तिक । भारतीय र्‍यापर हनी सिंह र सालिनी तलवारले सम्बन्ध विच्छेद गरेका छन् । विवाह गरेको १२ वर्षपछि उनले श्रीमती सालिनीसँग सम्बन्ध विच्छेद गरेका हुन् । दिल्लीको परिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेद गर्न अनुमति दिएको हो । साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो । सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप […]

पोर्चुगलका प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा

एजेन्सी, २२ कार्तिक । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख भिटोर एस्कारिया भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि प्रधानमन्त्री कोस्टाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । कोस्टाले मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डि सुजालाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख एस्कारियामाथि लिथियम उत्खनन् र हाइड्रोजन परियोजनामा भ्रष्टाचार गरेको आरोप छ […]

बागमतीका मन्त्री दुलालका अंगरक्षक मृत फेला

मकवानपुर, २१ कार्तिक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । मकवानपुर प्रहरीका अनुसार मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका–११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com

लुटपाटमा संलग्न असईसहित तीन प्रहरी पक्राउ

काठमाडौँ, २१ कार्तिक । काठमाडाैँमा सर्वसाधारणसँग लुटपाट गरेको आरोपमा असईसहित तीन प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुई साताअघि तीन महिला र एक […]

आरती मृत्यु प्रकरण : धनुषाका एसपी खड्का प्रधान कार्यालय तानिए

काठमाडौँ, २१ कार्तिक । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । आरती साह मृत्यु प्रकरणको मुद्दा कमजोर बनाउन खोजेको, पीडितहरूलाई कुटपिट गरेकोलगायत आरोप लागेपछि विवादित बनेका प्रहरी उपरीक्षक एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो । गृह मन्त्रालयको निर्देशनपछि उनलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको उपप्रधान एवं गृहमन्त्रीका प्रेस […]

नेपाली कांग्रेसद्वारा भूकम्पपीडितलाई ५० लाख सहयोग

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ। नेपाली कांग्रेसले भूकम्पपीडितलाई राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० जम्मा गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यस अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको राहत, पुनर्निर्माण, […]