Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाली कांग्रेसले भूकम्पपीडितलाई राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० जम्मा गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यस अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको राहत, पुनर्निर्माण, अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा आवश्यक सामग्री भण्डारण व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने जस्ता विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *