Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २२ कार्तिक । आरती साहको परिवारले गर्दै आएको आन्दोलनमा आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार पार्टी अध्यक्ष प्रभु साहसहित नेता तथा कार्यकर्ता माइतीघर मण्डला पुगेर ऐक्यबद्धता जनाएका हुन् । त्यस क्रमममा अध्यक्ष साहले पीडित परिवारले १ सय ४६ दिनसम्म धर्ना बस्दा पनि न्याय नपाउनु दुर्भाग्य भएको बताएका छन् ।

राज्यले पीडित परिवारको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै उनले खेद प्रकट गरे । उनले पीडित परिवारको माग सम्बोधन गरेर आरतीलाई न्याय दिन सरकारसँग मागसमेत गरे । उनले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो सुरु गर्नुपर्ने पनि बताए । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम-९ थापाचोकमा २४ वर्षीया आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरती र मोतीबाबु साहबीच २९ असार २०७७ मा विवाह भएको थियो । तर दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी रहँदै आएको छ । यता, दोषीलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनीलगायत चार महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *