Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २३ कार्तिक । सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

जग्गा नामसारी गरेवापत् सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित गत असोज १२ गते पक्राउ गरेको थियो ।

उनीहरूले आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएवापत् सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *