Samajik Feed – News Portal from Nepal

बालेनप्रति डा‍. राउतको आक्रोश– ‘शासकीय अहंकार पालेको भए समय आएपछि जवाफ दिने’

जनकपुरधाम, ०३ मंसिर । रानीपोखरीमा छठ पर्व मनाउन नदिइएको भन्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आक्रोश व्यक्त गरेका छन् । डा. राउतले काठमाडाैँका मेयर बालेन्द्र साहलाई संकेत गर्दै शासकीय अहंकार पालेको भए समय आएपछि जवाफ दिने भनेर चेतावनी दिएका हुन् । राउतले आफ्नो सचिवालयको फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘पुरातात्त्विक संरक्षण कारण हो भने […]

टिकटक बन्द भए/नभएको अनुगमन गर्न समिति नै गठन

काठमाडौँ, ०२ मंसिर । सरकारले बन्द गरेको सामाजिक सञ्जाल टिकटक बन्द भए/नभएको अनुगमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले समिति नै गठन गरेको छ । निर्णय कार्यान्वयका लागि प्राधिकरणका निर्देशक विजयकुमार राय संयोजक रहेको प्राविधिक समिति गठन गरिएको हो । शुक्रबार प्राधिकरणमा बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गर्दै टिकटक बन्दको कार्यान्वय प्रभावकारी बनाउने […]

महिला टी-२० सिरिज : नेपालद्वारा जापान पराजित

हङकङ । चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत आजको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रन मात्रै बनाउन सक्यो । जापानलाई सस्तोमा समेट्न संगीता राईले पाँच विकेट लिइन् । त्यस्तै पूजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ […]

ओपनएआईका सीईओ अल्टम्यान बर्खास्त

एजेन्सी । ओपनएआईका संस्थापक तथा सीईओ शाम अल्टम्यानलाई बर्खास्त गरिएको छ । कम्पनीको बोर्ड बैठकले अल्टम्यानलाई सीईओ पदबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको ठहर गर्दै शुक्रबार अल्टम्यानलाई बर्खास्त गरिएको कम्पनीले जनाएको छ । उनको बर्खास्तीको कारणबारे त्यसभन्दा बढी खुलाइएको छैन । उनलाई बर्खास्त गरेको खबरले […]

सालनालसहित नवजात शिशु फेला

हेटौँडा, १ मंसिर । हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ । […]

लोक सेवा आयोगद्वारा २ सय ५७ कर्मचारी माग

काठमाडौँ, १ मंसिर । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ गरी २ सय ५७ कर्मचारी माग गरेको छ । आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौँ र आठौँ तहमा गरी २५७ कर्मचारी मागेको हो । आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १, स्वास्थ्य सेवातर्फ आठौँ तहमा ३६ […]

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट, मंसिर ४ गते पेशी

काठमाडौं, १ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाललगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् । निवेदक अधिवक्ता नेपालका अनुसार आउँदो मंसिर ४ गते पहिलो पेशीसमेत अदालतले तोकेको छ । कानुन व्यवसायीहरूले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरू पेश गरेका […]

नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ मा बस्ने

काठमाडौँ, ३० कार्तिक । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक मंसिर ६ मा सुरु हुने भएको छ । दुई दिन चल्ने बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयलगायत एजेण्डा रहेको महासचिव रमेश यादवले जानकारी दिएका छन् । बैठकमा नेसपाको जारी अभियान, सङ्गठन […]

भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा, ३० कार्तिक । झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को. २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर मगरको मृत्यु भएको झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका […]

महिला टी–२० क्रिकेट : दोश्रो खेलमा पनि नेपाल पराजित

काठमाडौँ, ३० कार्तिक । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी–२० क्रिकेट शृंखलामा नेपाल दोस्रो खेलमा आयोजक हङ्कङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । नेपालले लगातार दोस्रो हार ब्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको […]