काठमाडौँ, ०२ मंसिर । सरकारले बन्द गरेको सामाजिक सञ्जाल टिकटक बन्द भए/नभएको अनुगमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले समिति नै गठन गरेको छ । निर्णय कार्यान्वयका लागि प्राधिकरणका निर्देशक विजयकुमार राय संयोजक रहेको प्राविधिक समिति गठन गरिएको हो ।
शुक्रबार प्राधिकरणमा बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गर्दै टिकटक बन्दको कार्यान्वय प्रभावकारी बनाउने बताइएको छ ।
समितिमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली सदस्य, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला सदस्य छन् । समितिले टिकटक बन्द भए नभएको ७ दिनभित्र अनुसन्धान गरी रिपोर्ट पेश गर्ने छ ।