Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३० कार्तिक । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक मंसिर ६ मा सुरु हुने भएको छ ।

दुई दिन चल्ने बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयलगायत एजेण्डा रहेको महासचिव रमेश यादवले जानकारी दिएका छन् ।

बैठकमा नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुनेछ । त्यस्तै बैठकले वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *