Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ मंसिर । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ गरी २ सय ५७ कर्मचारी माग गरेको छ । आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौँ र आठौँ तहमा गरी २५७ कर्मचारी मागेको हो ।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १, स्वास्थ्य सेवातर्फ आठौँ तहमा ३६ र सातौँ तहमा ४ कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ ।

आयोगले योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन भनेको छ । दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *