Samajik Feed – News Portal from Nepal

हङकङ । चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत आजको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रन मात्रै बनाउन सक्यो । जापानलाई सस्तोमा समेट्न संगीता राईले पाँच विकेट लिइन् ।

त्यस्तै पूजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए । जापानकी मेग ओगावाले १७ र सेइका सुमीले १३ रन बनाउनुबाहेक अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन् । त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन् ।

त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन् । उनले ३२ बलमा ५ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन् । ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *