Samajik Feed – News Portal from Nepal

झापा, ३० कार्तिक । झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को. २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर मगरको मृत्यु भएको झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन् । उनका अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *