रौतहटमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । रौतहटमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलमा मामा घर बस्दै आएकी १४ महिने अनु साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गुजरा नगरपालिका–१ रंगपुर बस्ने सुबम साहकी छोरी अनु मामा घर बस्दै आएकी थिइन् । खेल्ने क्रममा डुबेर अशक्त भएकी […]
अफताब आलमको मुद्दाको सुनुवाई स्थगित, यस्तो छ कारण

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको […]
सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सप्तरी, २८ पुष । सप्तरीको तिरहुत गाउँपालिकामा आगोमा ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । शनिबार तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको जलेर मृत्यु भएको हो । घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा […]
जनकपुरधाममा विद्यालयस्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम, २८ पुष । जनकपुरधाममा विद्यालयस्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार श्री महावीर युवा कमिटीको ३३ औँ वार्षिकोत्सव समारोहको अवसरमा भएको वत्तृत्वकला प्रतियोगितामा संकट मोचन विद्यालयकी सिम्रन पूर्वे प्रथम भएकी हुन् । उनले पाँच हजार एक सय रुपैयाँ नगद पुरस्कार पनि पाएकी छिन् । त्यस्तै, याज्ञवल्क्य ज्ञानकुप विद्यालयकी डेजी मिश्र द्वितीय र मोनास्टिक […]
काठमाडाैँको चन्द्रागिरिमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ, २८ पुस । काठमाडाैँको चन्द्रागिरिमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसाे चन्द्रागिरि नगरपालिका-४ पानीघाटनजिक हिमचुली सेतोपहरामा प्र. ३-०१-२३ च ६९८५ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम, ४ वर्षीय प्रियान्स गौतम र ६ […]
प्रधानमन्त्री कप: मधेशद्वारा कोशी पराजित, अनिलको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ, २८ पुष । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिनका खेलमा मधेश, लुम्बिनी र पुलिसले जित हासिल गरेका छन् । मूलपानीमा भएको खेलमा मधेश प्रदेशले अनिलकुमार साहको उत्कृष्ट ब्याटिङको मद्दतमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । टस हारेर ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सबै विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो […]
बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ, २८ पुष । बझाङमा गएराति पुनः भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ । samajik_feedsamajikfeed.com
दाङको राप्ती नदीमा बस खस्यो, १२ जनाको मृत्यु

दाङ, २८ पुष । दाङको भालुवाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ । गएराति नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे. १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट तल खसेको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ल जानकारी दिएका छन् । मृतकमध्ये २ भारतीय […]
जसपाको महाधिवेशन जेठ २८ मा हुने

काठमाडौँ, २७ पुस । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ मा सुरु हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । जसपाले माघ ३ गते मधेश दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णयसमेत गरेको छ । दुई दिनसम्म चलेको राजनीतिक […]
मधेश प्रदेश : जग्गा किनबेचमा मालापोत प्रमुख सहित चार जना कर्मचारीले भ्रष्टाचा गरेको ठहर

समाजिक फीड जनकपुरधाम, ,पुस २७ गते । विशेष अदालतले मालपोत कार्यालय पर्साका चारजना कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता, लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले चारै जनालाई दोषी […]