Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २८ पुस । काठमाडाैँको चन्द्रागिरिमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसाे चन्द्रागिरि नगरपालिका-४ पानीघाटनजिक हिमचुली सेतोपहरामा प्र. ३-०१-२३ च ६९८५ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम, ४ वर्षीय प्रियान्स गौतम र ६ वर्षीया स्मारिका गौतमको मृत्यु भएको छ । स्मारिकाको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।

स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई करिब पाँच सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *