जनकपुरधाम, २८ पुष । जनकपुरधाममा विद्यालयस्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार श्री महावीर युवा कमिटीको ३३ औँ वार्षिकोत्सव समारोहको अवसरमा भएको वत्तृत्वकला प्रतियोगितामा संकट मोचन विद्यालयकी सिम्रन पूर्वे प्रथम भएकी हुन् । उनले पाँच हजार एक सय रुपैयाँ नगद पुरस्कार पनि पाएकी छिन् ।

त्यस्तै, याज्ञवल्क्य ज्ञानकुप विद्यालयकी डेजी मिश्र द्वितीय र मोनास्टिक विद्यालयका अमन मण्डल तृतीय भएका छन् । मिश्र र मण्डलले क्रमशः दुई हजार एक सय र एक हजार एक सय नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सरकारी र निजी गरी १६ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगी विद्यालयहरूलाई मेडल, कप, प्रमाणपत्र र नगद पुरस्कार दिइएको थियो । विजेताबाहेकका प्रतियोगीहरूलाई सान्त्वना प्रमाणपत्र दिइएको थियो ।