Samajik Feed – News Portal from Nepal

सप्तरी, २८ पुष । सप्तरीको तिरहुत गाउँपालिकामा आगोमा ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । शनिबार तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको जलेर मृत्यु भएको हो ।

घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *