Samajik Feed – News Portal from Nepal

गुजरातमा डुङ्गा पल्टियो, विद्यार्थी र शिक्षकसहित १६ जनाको मृत्यु

भारत । भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको छ । जोयराइडका लागि गएको डुङ्गा गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा पल्टिएको हो । तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् । विद्यालयले […]

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ माघ । काठमाडाैँको माइतीघर लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन भएको छ । शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडि बृहत नागरिक आन्दोलनमा आबद्ध व्यक्तिहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको उनीहरूको आरोप छ । गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा […]

विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना विद्यार्थीको ज्यान गयो

एजेन्सी जनकपुरधाम, माघ ६ गते । चीनमा एक विद्यालय छात्रावासमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । मध्य चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा शुक्रवार राति आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा एक जना घाइते भएका छन् । हाल अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था स्थिर छ । स्थानीय अधिकारीहरूले […]

देवाही गोनाहीका पूर्वमेयर पटेलसहित दुई जना भ्रष्टाचार मुद्दा पाए सफाइ

रौतहट, ६ माघ । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्वनगर प्रमुख धर्मेन्द्र पटेलसहित दुई जना भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । शुक्रबार विशेष अदालतले पटेल र उनका स्वकीय सचिव अशोक पटेललाई सफाइ दिएको हो । न्यायाधीशहरू खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिने फैसला गरेको छ । २०७८ फागुन १५ […]

अदालतले पनि हामीलाई न्याय दिएन : महन्थ ठाकुर

समाजिक फीडजनकपुरधाम ,माघ ५ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्। शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा […]

घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

लमजुङ, ५ माघ । लमजुङको मर्स्यांङ्दीस्थित घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा मर्स्यांङ्दी गाउँपालिका–४ स्यागेकी ४१ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको हो । आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख रूपैयाँसमेत गरी करिब १ करोड ४४ लाख ७५ हजारको धनमाल नष्ट भएको […]

राष्ट्रियसभा सदस्य निर्वाचनकालागि जनकपुर आइपुग्यो मतपत्र

समाजिक फीडजनकपुरधाम, माघ ५ गते । अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ गरी जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ल्याएको हो । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको छ […]

मोटरसाइकलले ठक्कर दिँदा तीन बालक घाइते

राैटहट, ५ माघ । राैटहटको यमुनामाईमा मोटरसाइकलले ठक्कर दिँदा तीन बालक घाइते भएका छन् । शुक्रबार यमुनामाई गाउँपालिका–५ झुन्खुनवास्थित हुलाकी सडकमा म. प्र.०३–०२६ प ७७९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकहरू घाइते भएका हुन् । लखिन्द्र माझीका ११ वर्षीय छोरा रूपेश माझी, विजुली माझीका १२ वर्षीय छोरा गोलु माझी र रामेश्वर माझीका ९ वर्षीय छोरा पेटफुला […]

फेसबुकमा राजाको आलोचना गर्ने थाई व्यक्तिलाई५० वर्षको जेल सजाय

समाजिक फीड एजेन्सी माघ ५ गत राजतन्त्रको आलोचना गरेको आरोपमा एक थाई व्यक्तिलाई बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ। मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो। थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ। आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति […]

काठमाडौँमा एक व्यापारीको घरबाट दुई करोड बरामद्

काठमाडौँ, ५ माघ । काठमाडौँमा एक व्यापारीको घरबाट दुई करोड रुपैयाँ बरामद् भएको छ । राजस्व अनुसन्धान विभागले छापा मारेपछि क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरबाट यो परिमाणमा रकम बरामद् भएको हो । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरेको पनि जनाएका छन् । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको प्रहरीको […]