काठमाडौँ, ५ माघ । काठमाडौँमा एक व्यापारीको घरबाट दुई करोड रुपैयाँ बरामद् भएको छ ।
राजस्व अनुसन्धान विभागले छापा मारेपछि क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरबाट यो परिमाणमा रकम बरामद् भएको हो ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरेको पनि जनाएका छन् । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको प्रहरीको दाबी छ ।