रौतहट, ६ माघ । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्वनगर प्रमुख धर्मेन्द्र पटेलसहित दुई जना भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । शुक्रबार विशेष अदालतले पटेल र उनका स्वकीय सचिव अशोक पटेललाई सफाइ दिएको हो ।
न्यायाधीशहरू खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिने फैसला गरेको छ ।
२०७८ फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
देवाही गोनाही नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारले तत्कालीन मेयर पटेल र उनका स्वकीय सचिव अशोक पटेल लगायत चार जनालाई पक्राउ गरेको थियो ।