राैटहट, ५ माघ । राैटहटको यमुनामाईमा मोटरसाइकलले ठक्कर दिँदा तीन बालक घाइते भएका छन् । शुक्रबार यमुनामाई गाउँपालिका–५ झुन्खुनवास्थित हुलाकी सडकमा म. प्र.०३–०२६ प ७७९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकहरू घाइते भएका हुन् ।

लखिन्द्र माझीका ११ वर्षीय छोरा रूपेश माझी, विजुली माझीका १२ वर्षीय छोरा गोलु माझी र रामेश्वर माझीका ९ वर्षीय छोरा पेटफुला माझी घाइते भएका छन् । हुलाकी सडक छेउमा बसेका बेला पश्चिम दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
घाइते बालकहरूको गाैर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र चालक बौधिमाई–९ सरमुजवाका २१ वर्षीय सुमित जयसवाललाई नियन्त्रणमा लिइएको छ ।