काठमाडौँ, ६ माघ । काठमाडाैँको माइतीघर लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन भएको छ । शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडि बृहत नागरिक आन्दोलनमा आबद्ध व्यक्तिहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको उनीहरूको आरोप छ ।
गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको थियो ।