Skip to main content


समाजिक फीड
जनकपुरधाम ,माघ ५ गते

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन्।

शुक्रबार काठमाडौँमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताए।

उनले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने कामसमेत भएको भन्दै मधेसमाथि भएको विभेदको विरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको उल्लेख गरे।

अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि पनि आफूहरुले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *