लमजुङ, ५ माघ । लमजुङको मर्स्यांङ्दीस्थित घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा मर्स्यांङ्दी गाउँपालिका–४ स्यागेकी ४१ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको हो ।
आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख रूपैयाँसमेत गरी करिब १ करोड ४४ लाख ७५ हजारको धनमाल नष्ट भएको पनि प्रहरीले जनाएको छ ।
स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।