नागरिक उड्डयन प्राधिकरणले ९८ जना कर्मचारी माग्यो, कुन पदमा कति ?

समाजिक फीड जनकपुरधाम, फागुन ११ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका कर्मचारी शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले मागेको हो । प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना […]
मधेश प्रदेश : नक्कली रुपैँया लिएर सामान किनिरहेका एकजना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम, फागुन ११ गते । बारामा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका–९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दैगरेको अवस्थामा एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय […]
सुनको मूल्य स्थिर , कतिमा हुदैँछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , फागुन ११ गते । शुक्रबार पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तर चाँदी भने […]
क्रिकेटर सन्दीप लामिछानेद्वारा पाटन उच्च अदालतमा पुनरावेदन

सामाजिक फीड, काठमाडौँ, १० फागुन । क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता गरिएको रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतले बलात्कार […]
अभिनेत्री रकुलले गरिन् विवाह

सामाजिक फीड, भारत । साउथकी चर्चित अभिनेत्री रकुलप्रीत सिंहले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी छन् । उनीहरूले बुधबार गोवामा विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइलाई सहभागी गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । रकुलले सन् २००९ मा कन्नड फिल्म ‘गिली’ बाट […]
पर्सामा पेस्तोलसहित दुई जना पक्राउ

सामाजिक फीड, पर्सा, १० फागुन । पर्साको बहुदरमाईमा १ थान कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । गएराति बहुदरमाई नगरपालिका-९ बाट कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई पक्राउ गरिएको हो । ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूबाट पस्तोल बरामद् भएको […]
जप्रपा र तमलोपाबीच कार्यगत एकताको घोषणा

काठमाडौँ, ९ फागुन । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकता भएको छ । बुधबार त्रिपाठी र लालले पाँचबुँदे सहकार्यपत्रमा हस्ताक्षर गरी कार्यगत एकताको घोषणा गरेका हुन् । नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र […]
काठमाडौँमा एकै परिवारका तीन जनाको हत्या, एक जनाको शव जंगलमा भेटियो

सामाजिक फीड, काठमाडौँ, ९ फागुन । काठमाडौँमा चार जना मृत अवस्थामा फेला परेका छन् । बुधबार सितापाइलास्थित एक कोठामा एक महिला र दुई बालिका तथा नजिकैको जंगलमा एक जना मृत फेला फरेका हुन् । तीन जनाकै शव एक घरको कोठाभित्र फेला परेको छ । उनीहरूको हत्याको गरिएको छ । मृतक महिलाका श्रीमान् भने नागार्जुन जंगलमा […]
बारामा ट्रक र जिप ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते

सामाजिक फीड, बारा, ९ फागुन । बाराको जितपुरसिमरामा ट्रक र जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । दुर्घटनामा जिप चालक नुवाकोट विदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुरका २८ वर्षका चन्दन चौहानको […]
वीरगञ्जमा जारी कर्फ्यु खुकुलो पारिँदै

सामाजिक फीड, वीरगञ्ज, ९ फागुन । पर्साको वीरगञ्जमा जारी कर्फ्यु खुकुलो बनाउँदै लगिएको छ । सर्वसाधारणको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो । यसअघि बिहान ६ देखि १० बजेसम्म कर्फ्यु हटाइएको थियो । अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै […]