Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

भारत । साउथकी चर्चित अभिनेत्री रकुलप्रीत सिंहले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी छन् । उनीहरूले बुधबार गोवामा विवाह गरेका हुन् ।

विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइलाई सहभागी गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । रकुलले सन् २००९ मा कन्नड फिल्म ‘गिली’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

‘यारियाँ’ उनको पहिलो बलिउड चलचित्र हो । निर्माता ज्याकीले ‘कठपुतली, गणपत, मिसन रानीगन्ज, बडे मिया छोटे मिया’ लगायत फिल्म निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *