Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ९ फागुन । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकता भएको छ ।

बुधबार त्रिपाठी र लालले पाँचबुँदे सहकार्यपत्रमा हस्ताक्षर गरी कार्यगत एकताको घोषणा गरेका हुन् । नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रँदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन तथा लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण तथा कार्यान्वयन गराउन दुबै दलले सहकार्य गर्ने सहमति गरेका छन् ।

उनीहरुले यी विषयहरूमा सहमत हुन सक्ने लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरूलाई यो सहकार्यको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *