सामाजिक फीड,
पर्सा, १० फागुन । पर्साको बहुदरमाईमा १ थान कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।
गएराति बहुदरमाई नगरपालिका-९ बाट कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई पक्राउ गरिएको हो ।
ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूबाट पस्तोल बरामद् भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।