Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ९ फागुन । काठमाडौँमा चार जना मृत अवस्थामा फेला परेका छन् । बुधबार सितापाइलास्थित एक कोठामा एक महिला र दुई बालिका तथा नजिकैको जंगलमा एक जना मृत फेला फरेका हुन् । तीन जनाकै शव एक घरको कोठाभित्र फेला परेको छ ।

उनीहरूको हत्याको गरिएको छ । मृतक महिलाका श्रीमान् भने नागार्जुन जंगलमा मृत फेला परेका छन् ।

जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । राजुले श्रीमती ईश्वरी श्रेष्ठ र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

श्रीमती र एक छोरी तथा अर्की बालिकासमेत कोठामै मृत फेला परेकामा श्रीमान् जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । घटनाको अनुसन्धान गर्न काठमाडौँ प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *