समाजिक फीड
जनकपुरधाम, फागुन ११ गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका कर्मचारी शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले मागेको हो ।
प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको हो।
त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो।
प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।
