Samajik Feed – News Portal from Nepal

रौतहटमा मैनबत्तीबाट सल्किएर घरमा आगलागी

समाजिक फीड जनकपुरधाम, फागुन १३ गते । रौतहटमा मैनबत्तीबाट सल्किएर एउटा घरमा आगलागी भएको छ । कटहरिया नगरपालिका–५ स्थित एउटा घरमा आगलागी हुँदा करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो । आगलागी बाट घर […]

बारास्थित सशस्त्र प्रहरी एफओबीमा आगलागी

सामाजिक फीड, बारा, १२ फागुन । बाराको विश्रामपुरस्थित सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । शनिबार विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको हो । एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ । […]

प्रसूतिगृह अस्पतालबाट शिशु चोरी गर्ने महिला पक्राउ, शिशुको उद्धार

सामाजिक फीड, काठमाडाैँ, १३ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार अस्पतालबाट शिशु चोरी गरेको आरोपमा प्रहरीले दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उपत्यका अपराध अनुसन्धान […]

कमलामा देशकै लामो झोलुङ्गे पुल, प्रधानमन्त्रीले गरे उद्घाटन

सामाजिक फीड, धनुषा, १२ फागुन । धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माण भएको देशको सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । यो पुलको लम्बाई डेढ किलोमिटर (१५००.४४ मिटर) रहेको छ । करिब २८ करोड […]

नापीका सर्वेक्षकसहित पाँच जनाविरुद्ध मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, ११ फागुन । नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक यादवऽ नासु पाैडैलसहित विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सर्वेक्षक बस्नेत […]

परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी

सामाजिक फीड, काठमाडाैँ, ११ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको उजुरी परेको छ। शुक्रबार एक महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौँ बस्दै आएकी एक महिलाको २६ […]

ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, ११ फागुन । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ मिलन चोकमा ट्रकले दिएको ठक्करबाट इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिहीबार ना. ८ ख ३२८५ नम्बरको […]

इजरायली हवाई आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु ,१०० घाइते

एजेन्सीजनकपुरधाम , फागुन ११ गते । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश […]

प्रतिनिधिसभा बैठक अवरुद्ध

सामाजिक फीड, काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । शुक्रबारकाे बैठकमा विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । samajik_feedsamajikfeed.com

ढुंगा लोड गरेको ट्रक घरमा पुगेर पल्टियो, सुतिरहेका तीनजना बालबालिकाको च्यापिएर मृत्यु

समाजिक फीड विराटनगर, फागुन ११ गते । मोरङमा सवारी दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । बुढीगंगा गाँउपालिका ४ स्थित प्रगति टोलमा शुक्रवार विहान मालवहाक ट्रक पल्टिदाँ एकैपरिवारको दुई सदस्य र अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्थानीय ६० वर्षीय ज्योती अधिकारीको ट्रक पल्टिएसंगै घरमा सुतिरहेकी ४ वर्षीया छोरी […]