सामाजिक फीड,
काठमाडौँ, ११ फागुन । नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक यादवऽ नासु पाैडैलसहित विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार बराबर घुस लिएको उनीहरूमाथि आरोप छ ।