सामाजिक फीड,
काठमाडौँ, ११ फागुन । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–६ मिलन चोकमा ट्रकले दिएको ठक्करबाट इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बिहीबार ना. ८ ख ३२८५ नम्बरको ट्रकले बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।