Skip to main content

सामाजिक फीड,

काठमाडाैँ, ११ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको उजुरी परेको छ। शुक्रबार एक महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौँ बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरी भएको हो । अस्पतालमा एक महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ। केहीबेरपछि ती महिला फरार भएकी थिइन् ।

घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो । त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *