Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बारा, १२ फागुन । बाराको विश्रामपुरस्थित सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ ।

शनिबार विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको हो ।

एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *