गृहमन्त्री रविकी पत्नी निकिताआबद्ध सहकारीमा काठमाडौँ महानगरपालिकाको छापा

काठमाडौँ, २२ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलआबद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौँ महानगरपालिकाले छापा मारेको छ । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेकी पत्नी पौडेलआबद्ध सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो । गृहमन्त्री लामिछाने पत्नी पौडेल सो सहकारीकी सेयर सदस्य हुन् भने निवर्तमान उपाध्यक्षसमेत […]
आईपीएल: कोलकोताद्वारा दिल्ली पराजित

भारत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो । कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो । त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको […]
श्रीमतीको बलात्कार गरेको अभियोग लागेका न्यायाधीशलाई थुनामै फर्काउन सर्वोच्चको आदेश

सामाजिक फीड काठमाडौँ , २१ गते । श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका जिल्ला न्यायाधीश भुवन गिरीलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश सर्वोच्चले बदर गरेको छ। श्रीमती आरतीले जाहेरी दिएपछि गत वर्ष चैतमा वैवाहिक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका निलम्बित न्यायाधीश गिरीलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। उक्त आदेशलाई पाटन उच्च अदालतले […]
बेचबिखन पर्न लागेका पाँच महिलाको उद्धार

सामाजिक फीड, काठमाडौं, २१ चैत । वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनका लागि लैजान लागिएका महिलाको उद्धार गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए। वैदेशिक […]
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत, २१ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । आज विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । केन्द्रको नयाँ […]
अण्डाको समर्थन बिक्री मूल्य तोकियो

सामाजिक फीड, काठमाडौँ, २१ चैत । अण्डाको समर्थन बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले तोकेको नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ छ । त्यस्तै, ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ । सङ्घले नयाँ समर्थन मूल्य […]
फ्रेन्डसिप कप : नेपालद्वारा गुजरातलाई १८२ रनको लक्ष्य

काठमाडौँ, २१ चैत्र । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ । टी-२० सिरिजअन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य […]
दाङमा दुई बस ठोक्किए, २२ जना घाइते

दाङ, २१ चैत्र । दाङमा दुई वटा बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन् । बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको लु.१ ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा. १ ख २५८१ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर रूपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ […]
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते

सामाजिक फीड, काठमाडौँ, २१ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ । संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो । यसअघि यहि चैत्र १५ गते उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी थिइन् । samajik_feedsamajikfeed.com
आयरल्याण्ड वोल्भ्ससँग नेपाल ‘ए’ पराजित

सामाजिक फीड, काठमाडौँ, २१ चैत्र । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा अल आउट हुँदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्वाधिक ३७ […]