Samajik Feed – News Portal from Nepal

सुर्खेत, २१ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

आज विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

केन्द्रको नयाँ सत्ता समीकरण दलहरूमा भएको सहमतिअनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *