काठमाडौँ, २१ चैत्र । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।
टी-२० सिरिजअन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।