भारत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो ।
कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।
त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आईपीएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।
यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ ।