Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २२ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलआबद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौँ महानगरपालिकाले छापा मारेको छ ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेकी पत्नी पौडेलआबद्ध सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो ।

गृहमन्त्री लामिछाने पत्नी पौडेल सो सहकारीकी सेयर सदस्य हुन् भने निवर्तमान उपाध्यक्षसमेत हुन् । बचतकर्ताहरूको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि सो सहकारी अनुसन्धानमा तानिएको थियो ।

महानगरपालिकाका अनुसार सहकारीमा महानगरपालिकाको टोलीले अनुगमन गरेको र आवश्यक कागजातहरू नियन्त्रणमा लिएको छ ।

बिजुलीबजारस्थित कार्यालयमा पुगेको नगर प्रहरीसहितको टोलीले सहकारीको पछिल्लो साधारणसभाको उपस्थिति, निर्णयसहितका माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरणलगायत कागजात लिएको छ ।

काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारी संरक्षण गर्ने अभियान चलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *