Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

काठमाडौँ , २१ गते ।

श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका जिल्ला न्यायाधीश भुवन गिरीलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश सर्वोच्चले बदर गरेको छ।

श्रीमती आरतीले जाहेरी दिएपछि गत वर्ष चैतमा वैवाहिक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका निलम्बित न्यायाधीश गिरीलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। उक्त आदेशलाई पाटन उच्च अदालतले सदर गरेपछि सरकारी पक्ष सर्वोच्च पुगेको हो।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यी प्रतिवादी परिवर्तित नाम २६ परिसर २६ ९क० ०७९÷०८० लाई मुद्दाको पुर्पक्षको लागि धरौटी तारेखमा राख्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८०।१।१९ मा भएको आदेशलाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०८०।५।२१ मा भएको आदेश वेरितको देखिँदा बदर गरी दिएको छ।

अब प्रस्तुत मुद्दामा पछि फैसला हुँदाका बखत ठहरे बमोजिम हुने गरी निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ ९१० ९ख० वमोजिम मुद्दाको पुर्पक्षको लागि थुनामा राखी कानून बमोजिम गर्नु ।’

न्यायाधीश गिरीमाथि श्रीमतीले रुपन्देही जिल्ला अदालतको न्यायाधीश हुँदा अभियोग लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *